काठमाण्डौ उपत्यकामा ६२ सहित ३७८ जनामा थप कोरोना संक्रमण पुष्टि

काठमाडौं ।
देश भर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६२ जना सहित ३७८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालाहरुमा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमा काठमाडौं जिल्लाका ५६ जना, ललितपुर र भक्तपुरमा ३ र ३ जना, यस्तै पर्साका ५५, बाँकेका ४९, मोरङका ३७, सर्लाहीका ३६, धनुषाका २०, महोत्तरीका १७, बाग्लुङका १३, सुनसरीका १०, काभ्रे, स्याङ्जा र बाराका ७ र ७ जना तथा मकवानपुरका ६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तैगरि संक्रमित हुनेहरुमा रामेछापका ५, रौतहट, कञ्चनपुर र कैलालीका ४र४ जना, ललितपुर, भक्तपुर, कास्की, सुर्खेत, बझाङका ३र३ जना, चितवन, सिन्धुली, धादिङ र दोलखाका २र२ जना तथा नुवाकोट, म्याग्दी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटका १र १जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार नेपालमा हाल सम्म ४,३४,२८९ पीसीआर गरिएको छ भने आरडीटी ३,१२,४०२ गरिएको छ । त्यस्तै आइसोलेसनमा ६,२०६ जना, जम्मा संक्रमित संख्या २२,५९२ जना पुगेको छ ।
त्यस्तै, निको हुनेको संख्या १६,३१३ जना र मृत्यु हुनेको संख्या ७३ पुगेको छ । क्वारेन्टिनमा रहेको संख्या १०,७९२ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्