उपत्यकामा ९२ सहित ३ सय ८० जना थपिए कोरोना संक्रमित

काठमाडौं
पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ९२ जना सहित देशभर ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा ३८० जनामा कोरोना संक्रमण देखिएको हो ।
गौतमका अनुसार आइतबार ६ हजार ५४४ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो चौबीस घण्टामा ८ हजार ५१५ जनाको पीसीआर परीक्षण भएको छ भने साथै ४० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
कुल कोरोना निको हुनेको संख्या १६ हजार ३५३ पुगेको छ ।
त्यस्तै, थप २ जनाको मृत्यु भएकोमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । हाल सम्म ७५ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । भने देशभर संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्