Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

नेफिन युएईद्धारा २६ औँ विश्व आदिबासी अन्तराष्ट्रिय दिवस मनायो


विष्णु थापा
युएई संवाददाता, साझा हव

२६ औं विश्व आदिबासी अन्तराष्ट्रिय दिवस नेफिन यूएईले भर्चुअल रुपमा शुभकामना आदान प्रदान गरि ओैपचारिक रुपमा मनाएको छ ।
यस बर्ष विश्वभरि महामारीको रुपमा फैलिएको कोभिड 19 को असरले गर्दा गत बर्षहरुमा जस्तो विभिन्न जातिय भेषभुषा, झाँकी र विविध कार्यक्रम सहित भब्य रुपमा औपचारिक रुपमा मनाउन नपाएपनि भच्र्युअल रुपमा शुभकामना आदान प्रदान गरि मनाइएको हो ।
दिवसका अवसरमा शुभकामना आदानप्रदान गर्दै बक्ताहरुले आदिबासी जनजातिहरुका पहिचान तथा हक अधिकारहरु अझैै प्राप्त हुन नसकेकाले यसको लागि नेफिन युएई निरन्तर लागि रहने बताएका थिए ।
नेफिन युएईका अध्यक्ष श्री महेश मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफिन युएई संरक्षण समितिका अध्यक्ष, निवर्तमान अध्यक्ष एवम् एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पा, नेफिन युएई प्रशिक्षण बिभाग प्रमुख, भुपु अध्यक्ष एवम् आदिवासी जनजाति महासंघ युएईका अग्रज अभियन्ता डेर राज गुरुङ, नेफिन युएई संरक्षण समितिका सदस्य एवम् नेवाःपुचः युएईका प्रमुख संरक्षक तथा भुपु अध्यक्ष प्रमोद श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्दै आदिबासी जनजाति भित्रका कलासंस्कृति, रितिथिति, परम्परागत सिप, भाषा, धर्म जस्ता पहिचानहरुको संरक्षण साथै आदिबासी जनजातिका हकअधिकार साथै विकासको लागि निरन्तर लाग्नु पर्ने धारणा रोखेका थिए ।
नेफिन युएईका महासचिव कुमार बलामीले यस बर्ष कोरोनाको कारण विगतका दिनहरुका जस्तो यस बर्ष भव्य रुपमा कार्यक्रम मनाउन नपाए पनि आगामी दिनमा विगतमा भन्दा भव्य रुपमा मनाउन पाउने विश्वास व्यक्त गर्दै आदिबासी जनजातिहरुका हक अधिकार प्राप्तिका लागि यस दिवसले प्रेरणा मिल्ने बताउनु भयो ।


क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्