Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

मेघगर्जन र चट्याङ सहित हल्का, मध्यम र केहि स्थानमा भारी बर्षाको सम्भावना, आकस्मिक बाढि आउन सक्ने


काठमाडौं ।

मनसुनी न्युन चापीय रेखा हाल पश्चिमी नेपालको नजिक दक्षिण तर्फ रहेकोले मंगलबार देशका अधिकांश भु भागमा सामान्य बदली रही केहि स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का, मध्यम र केहि स्थानमा भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले पुर्वानुमान गरेको छ ।

विभागका अनुसार हाल देशका अधिकांश भू–भागहरुमा समान्यदेखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका केही स्थानहरुमा हल्का बर्षा भईरहेको छ ।

बर्षाको कारण आकस्मिक बाढी पहिरोको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

मंगलबार दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै, मंगलबार राती देशभर सामान्य वदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्