ह्वाइट हाउस बाहिर गोली चल्यो, आफुप्रति लक्षित भए नभएको थाहा नभएको ट्रम्पको भनाई

एजेन्सी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको बताएका छन् ।
ट्रम्पले ह्वाइट हाउसमै सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका थिए ।
पत्रकार सम्मेलनको बीचमै उनका सुरक्षाकर्मीले उनलाई केही जानकारी दिएपछि ट्रम्पले पत्रकार सम्मेलन छाडेर भित्र गएका थिए ।
पत्रकार सम्मेलन छाडेको नौ मिनेटपछि ट्रम्प पुन सम्मेलनमा फर्केको र स्थिति नियन्त्रणमा रहेको बताएका थिए ।
उनले पत्रकारहरूसँग आफूलाई अमेरिकी सिक्रेट सर्भिसका मानिसहरूले कुनै हतियारधारी सन्दिग्धलाई गोली हानेको जस्तो लागेको बताएको विविसीले उल्लेख गरेको छ ।
उक्त घटना पछि कसैलाई अस्पताल लगिएको बताइएको छ ।
ट्रम्पले यो असामान्य स्थिति भए पनि सिक्रेट सर्भिसको व्यावसायिक ढङ्गले गर्ने कामको प्रशंसा गर्दै उक्त घटना उनीप्रति लक्षित भए वा नभएको बारे आफूलाई जानकारी नभएको बताएका छन् ।
अमेरिकी सिक्रेट सर्भिसले एक अधिकारी उक्त घटनामा सामेल भएको र कानुन कार्यान्वयन गर्ने अधिकारीहरू घटनास्थलमा रहेको जनाएको छ ।
क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्