उपत्यकामा १३४ सहित थपिए ६३८ जना कोरोना संक्रमित, थप ४ जनाको मृत्यु

काठमाण्डौ
पछिल्लो २४ घण्टामा मात्रै थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये घना जनसंख्या रहेको काठमाण्डौ उपत्यकामा मात्रै १३४ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६३८ संक्रमित थपिएका हुन् । नयाँ संक्रमित थपिए सँगै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २०१ रहेको छ ।
प्रदेश अनुसार संक्रमितहरु प्रदेश १ मा ५९९, प्रदेश २ मा ३ हजार ३४७, वागमती प्रदेशमा १ हजार ३५२, गण्डकीमा २२४, प्रदेश ५ मा ६४६, कर्णाली प्रदेशमा १९७ र सुदूरपश्चिम प्रदेशमा ८९६ सक्रिय संक्रमितहरु रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १७१ जना भने डिस्चार्ज भएका छन् । उनीहरु सँगै हालसम्म १६ हजार ६६४ जना डिस्चार्ज भएका छन् ।
त्यस्तै, कोरोनाभाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङ डा. जागेश्वर गौतमले धनुषा, काभ्रे र सिन्धुपाल्चोकका गरी थप ४ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष, काभ्रेकी ५० वर्षीया महिला तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका छन् । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८३ पुगेको छ ।
देशैभर हालसम्म कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्