थप ८ को मृत्यु, उपत्यकामा १३८ सहित थपिए ४८४ कोरोना संक्रमित

काठमाण्डौ
पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४८४ जनासंक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौं उपत्यकामा मात्रै थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ललितपुरमा २१ र भक्तपुरमा ८ जना र १०९ जना काठमाडौंका रहेका छन् ।
यसैगरि पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ६४ जना डिस्चार्ज भएका छन् । हालसम्म १६ हजार ७२८ जना डिस्चार्ज भएका छन् भने हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६१४ रहेको छ ।
प्रदेश अनुसार प्रदेश १ मा ६१४, प्रदेश २ मा ३ हजार ४५७, वागमती प्रदेशमा १ हजार ५२४, गण्डकीमा २४७, प्रदेश ५ मा ६५७, कर्णाली प्रदेशमा २२० र सुदूरपश्चिम प्रदेशमा ८९४ सक्रिय संक्रमितहरु रहेका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ४ लाख ७३ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
आजसम्म देशभर १४ हजार ८४६ जना क्वारेन्टिनमा रहेका छन् ।
त्यस्तै, पछिल्लो विवरणअनुसार कोरोनाभाइरसबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्