Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

पहिरोले वडा सदस्यको घर पुरिदाँ ६ जनाको मृत्यु


कालिकोट

कालिकोटमा पहिरोले घर पुरिदाँ ६ जनाको मृत्यु भएको छ ।

कालिकोटको महाबै गाउँपालिका वडा न. ३ नकु भन्ने स्थानमा गएराति पहिरो जाँदा वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी ६ जनाको मृत्यु भएको जनाइएको छ । उनीहरु तिज मनाउन जम्मा भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले भने मृत्यु हुनेहरु २ जना एकै घरका सदस्य र २ जना छिमेकी भएको जानकारी गराउँदै उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्