Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

उपरथी पाण्डेलाई प्रधानसेनापति थापाद्धारा दर्ज्यानी चिन्ह प्रदान


काठमाण्डौ –

उपरथी विज्ञानदेव पाण्डेलाई प्रधानसेनापति पूर्णचण्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच आज प्रधानसेनापति थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उपरथी दर्जामा पदोन्नती भएका पाण्डेलाई उत्तर पश्चिम पृतना हे.क्वा.को पृतनापतिको जिम्मेवारी दिइएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

नेपाल सरकारको साउन २६ गते बसेको मन्त्रीपरिषद बैठकले सहायक रथी पाण्डेलाई उपरथी दर्जामा पदोनन्ती गरेको थियो ।


क्याटेगोरी : समाचार, सुरक्षा

तपाईको कमेन्ट लेख्नुहोस्