कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, शनिबार थपिए ४६८ संक्रमित, काठमाण्डौ उपत्यकामा कति ?

काठमाण्डौ
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप ३ जनाको मृत्यु र ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाए अनुसार कोभिड(१९ कोरोना भाइरस बाट मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६,०१९ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ८,१९३ जनामा सक्रिय सङ्क्रमण छ भने १७,२०१ जना भाइरसमुक्त भएका छन ।
त्यस्तै गएको २४ घण्टामा ११,०४७ वटा पीसीआर परीक्षण गरिएको छ यो सँगै हालसम्म ५ लाख ५ हजार ६६० जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै १२४ जना संक्रमण मुक्त भएका छन् । यो संख्या सँगै हालसम्म निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ ।
अहिले देशभरि क्वारन्टीनमा १४,४४८ जना छन् ।
त्यस्तै, काठमाण्डौ उपत्यकामा मात्रै शनिबार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्