वरिष्ठ ३ चिकित्सक सहित चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि

चितवन ।
फ्रन्टलाइनमा बसेर काम गरिरहेका भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित ३ वरिष्ठ चिकित्सकसहित शनिवार राति सम्म चितवनका थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिवार राति गरिएको कोरोना परीक्षणमा डा. तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, अस्पतालकै आकस्मिक कक्षमा काम गर्ने अर्का १ जना नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पनि सोही कक्षमा काम गर्ने नर्सलाई संक्रमण भएको थियो ।
संक्रमण पुष्टि भएपछि प्रसूति विभागको टिमसमेत आइसोलेसनमा जानुपर्ने हुँदा प्रसूति गराउने महिलाहरुलाई समस्या हुने देखिएको र डाक्टरहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्क ट्रेसिङ गर्ने अस्पताल स्रोतले जनाइएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अस्पतालकै सिनियर चिकित्सकले अब अस्पतालको दैनिक प्रशासनिक कार्य गर्ने बताएका छन् ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति अबेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जना संक्रमितमध्ये बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ५ जना नर्सहरु पनि रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्