Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

थप ६४१ कोरोना संक्रमित, मृतकको संख्या १०४ पुग्यो, उपत्यकामा संक्रमित कति थपिए


काठमाण्डौ

पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४२३ पुरुष र २१८ महिला गरि ६४१ संक्रमित थपिएका हुन् ।

नयाँ संक्रमित थपिएसँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार २४७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख १७ हजार ९०७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १३४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ३३५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६५ प्रतिशत रहेको छ ।

आइतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २२१ रहेको छ । देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या ८ हजार ७२४ छन् । आजसम्म देशभर १५ हजार २४३ जना क्वारेन्टिनमा रहेका छन् ।

साथै, थप २ जनाको कोरोना संक्रमण बाट मृत्यु भएसँगै मृतकको संख्या १०४ पुगेको छ ।

त्यसैगरि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १ सय ७२ जना थप कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्