थप ५ सय ८१ जना संक्रमित थपिए, थप ३ को मृत्यु, उपत्यकामा कति थपिए ?

काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् ।
नयाँ संक्रमित थपिए सँगै हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १६८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १०९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको हो ।
कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्टामा १५९ जना डिस्चार्ज भएका छन् ।
त्यस्तै, नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय एक महिला रहेका छन् ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्