एकैचोटी ४२ जना सशस्त्र प्रहरी सहित, चितवनमा ५० जनामा कोरोना संक्रमण पुष्टि

चितवन ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणबाट चितवनमा ४२ सशस्त्र प्रहरीसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पूर्वी चितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको गणमा ४२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ४० पुरुष र २ महिला छन् । कुल ६० जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि सोही गणमा कार्यरत ८ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै, भरतपुर महानगरपालिका वडा नम्वर ५, ७, ८ र १० नम्वर वडाका ४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै कोभिड १९ प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा मकवानपुरका १, बाराका २ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार परीक्षण गरिएका ३५५ नमुनामध्ये ३०५ वटा नमुनाको भने नेगेटिभ रिपोर्ट आएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले जुन अस्पतालमा संक्रमित छन् उनीहरुलाई सोही अस्पतालमा राख्न निर्देशन दिएको छ । भरतपुर अस्पतालमा संक्रमितले शैया भरिएका कारण थप संक्रमित राख्न सक्ने अवस्था छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्