एकैदिन आजसम्मकै धेरै कोरोना संक्रमित थपिए, थप ७ जनाको मृत्यु

काठमाडौं ।
पछिल्लो २४ घण्टामा आज सम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । साथै थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च १ हजार १६ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ८५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ५८० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६२ दशमलव २ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १३ हजार ४६१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख ८२ हजार ८६६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
शभर दुई हजार ८८७ जना होम आइसोलेसनमा रहेका छन् । आजसम्म देशभर १३ हजार ९२६ जना क्वारेन्टिनमा रहेका छन् ।
कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी भएका जिल्लाहरुमा मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् । शंखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमण शून्य देखिन्छ ।
हालसम्म देशभर कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्