Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि, थप ११ जनाको मृत्यु


काठमाण्डौ

पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८३८ संक्रमित थपिएका हुन् ।
संक्रमित मध्ये २९२ महिला र ५४६ पुरुष रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २५० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १८ हजार २१४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५९ प्रतिशत ८ रहेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसनमा ८ हजार ५४६ जना र होम आइसोलेसनमा ३ हजार ५८६ रहेका छन् । आजसम्म देशभर १२ हजार २३४ जना क्वारेन्टिनमा रहेका छन् ।

कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी भएका जिल्लाहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं रहेका छन् । भोजपुर, म्याग्दी, मुस्ताङ र हुम्लामा संक्रमण शून्य देखिन्छ ।
हालसम्म देशभर कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

त्यसैगरि कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरसको संक्रमणबाट १ महिला र १० पुरुषको मृत्यु भएको हो । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्