Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

थपिए ६३४ जना संक्रमित, काठमाण्डौमा मात्रै २१६ जना, थप ९ को मृत्यु


काठमाण्डौ

पछिल्लो २४ घण्टामा देशभर ६३४ जनामा कोरोनाभाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौं उपत्यकाका मात्रै २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरका ५० जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ ।

मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन् । यस्तै निको हुनेको कुल संख्या १८ हजार ३५० पुगेको छ ।

यसै गरि सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी थप ९ जनाको मृत्यु भएको हो । योसँगै मृतकको संख्या १४६ पुगेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्