बार्यन म्युनिखलाई छैठौ पटक यूईएफए च्याम्पियन्स लिग फुटवलको उपाधी

एजेन्सी
जर्मन क्लब बार्यन म्युनिखले छैठौं पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।
गत राति पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १(० गोल अन्तरले पराजित गर्दै बायर्न छैठौं पटक च्याम्पियन बनेको हो ।
स्टाडियो डा लुज रंगशालामा बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले जोसुवा किमिचको पासमा निर्णायक हेड गोल गोल गरेका थिए ।
पहिलो हाफमा भने दुबै टोलीले गोलको अवसर खेर फालेका थिए ।
बायर्नले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जित्दा, यस अघि १९७४, १९७५, १९७६, २००१ र २००१३ मा उपाधि जितेको थियो ।
यता, पीएसजी भने पहिलो पटक फाइनल पुगेर पनि च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएको छ । सेमिफाइनलमा बायर्नले लियोनलाई हराएको थियो भने पीएसजीले आरबी लाइपजिगलाई हराएको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्