थपिए ७४३ कोरोना संक्रमित, उपत्यकामात्रै २२४ जना

काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ७४३ जनामा नोभेल कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४३ संक्रमित थपिएका हुन् । जसमध्ये २४६ महिला र ४९७ पुरुष रहेका छन् ।
जसमध्ये काठमाडौं उपत्काका मात्रै २२४ संक्रमित रहेका छन् । काठमाडौंमा १७७, ललितपुरमा ३३ र १४ भक्तपुरमा संक्रमित थपिएका हुन् ।
नयाँ संक्रमित थपिए संगै हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १७५ जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म १८ हजार ८ सय ६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५८ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १० हजार २३४ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख १० हजार ४६९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार १५४ जना र होम आइसोलेसनमा ४ हजार ५६१ रहेका छन् । आजसम्म देशभर ११ हजार २७५ जना क्वारेन्टिनमा रहेका छन् ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्ला सात रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।
आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्