Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

अब सबै विद्यालयमा फिल्म पढ्नु पर्ने व्यवस्था हुदैँ


काठमाडौं ।
आगामी वर्षदेखि स्कुल तथा कलेजमा चलचित्र अनिवार्य रुपमा पढ्नु पर्ने सरकारले व्यवस्था गर्ने भएको छ ।

नेपाली चलचित्रको इतिहास, वर्तमान अवस्था तथा प्राविधिक पक्षबारे आम नागरिकमा जानकारी दिने उद्देश्यले पाठ्यक्रममै चलचित्रलाई समावेश गर्न लागेको हो ।

पाठ्यक्रम विकास केन्द्रले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई यसका लागि पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रुपमा आमन्त्रित गरेको छ ।

पाठ्यक्रम विकास केन्द्रसँग यसबारेको छलफल करिब अन्तिम चरणमा पुगिसकेको र यो बर्ष ढिलो भईसकेकोले अब अर्को बर्षदेखि पढाउने गरि पाठ्यक्रममा समावेश गर्ने मोटामोटी सहमति भएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् ।

दाहालले, अर्को वर्षबाट निमावि तहमा राख्ने कुरा भएको र आफूले त्योभन्दा तल्लो तहबाट पाठ्यक्रममा राख्न पहल गरिरहेको तर कलेजमा भने के गर्ने भन्ने निश्चित भइनसकेको बताएका छन् ।
विद्यालयमा सकेसम्म १०० पुर्णाङको पाठ्यक्रम बनाउने र पाठ्यपुस्तक लेखकहरु विज्ञहरु सँँग पनि छलफल थालेको बताएका छन् ।

दाहालले कोरोना प्रभाव कम हुन बित्तिकै आगामी वर्षका लागि पाठ्यक्रम निर्माण गर्ने कार्य शुरु हुने जानकारी दिए । अहिले चलचित्र पढाइ भइरहेका कलेजहरुको पाठ्यक्रम पनि परिमार्जन हुने उनले बताए ।

स्कुल तथा क्याम्पसहरुमा चलचित्रवारे शिक्षा सुचारु गर्न सके नेपाली कला, संस्कृति र साहित्यको महत्व बढ्ने र नेपालमा फिल्म कल्चरको विकास हुने र चलचित्रको इतिहास, साहित्यीक पक्ष र प्राविधिक पक्षको ज्ञान जरुरी रहेकोले यसको पहल गरेको बताए ।

नेपालमा चलचित्रको इतिहास ५० वर्ष लामो भइसके पनि पाठ्यक्रममा अझै समावेश हुन सकेको छैन ।


क्याटेगोरी : कला र मनोरञ्जन, प्रविधि, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्