पछिल्लो २४ घण्टामा ८८४ संक्रमित थपिए, उपत्यकामा संक्रमित संख्या घट्यो

काठमाण्डौ
पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जना कोरोनाभाइरस संक्रमिण थपिएका छन् ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
जसमध्ये शनिबार काठमाण्डौ उपत्यकामा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाण्डौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा गरी जम्मा १८६ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा ३१३ जना निको भएका छन् । यो सँगै हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेका छ । जसमा होम आइसोलेसनमा ६ हजार ४४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा पीसीआर ११ हजार ५१६ जनाको भएको छ भने क्वारेन्टिनमा हाल देशभर ८ हजार ३५ जना रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्