भारतिय पुर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ बर्षको उमेरमा कोरोना संक्रमणबाट मृत्यु

नयाँ दिल्ली
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा नयाँ दिल्लीमा सोमवार निधन भएको छ । उनको छोरा पूर्वसांसद अभिजीत मुखर्जीले सोमवार साँझ उनको निधन भएको ट्वीट गरेर पुष्टि गरेका छन् ।
अगस्ट १० मा मुर्खजीले ट्वीट गर्दै आफू कोरोनाभाइरस सङ्क्रमित भएको बताएका थिए । मुखर्जीको हालै सेनाको आर एन्ड आर अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिएको थियो त्यसपछि मुखर्जी केही समयदेखि कोमामा थिए ।
उनी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति भएका थिए । भारतको अर्थ, रक्षा र परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उनलाई अघिल्लो वर्ष मात्र ’भारत रत्न’ ले सम्मान दिइएको थियो ।
मुखर्जीको जन्म सन् १९३५ को डिसेम्बरमा पश्चिम बङ्गालमा रहेको मिराटी गाउँको एउटा सामान्य परिवारमा भएको थियो ।
भारतीय राष्ट्रपति रामनाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले ट्वीट गर्दै समवेदना प्रकट गरेका छन् । त्यस्तै, नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मुखर्जीको निधनमा दुःख प्रकट गर्दै भारतीय जनता र सरकार प्रति समवेदना व्यक्त गरेका छन् ।
क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्