नास्टकी वैज्ञानिक डा. टिस्टा प्रसाई जोशी, सिसानको १८औं भर्चुअल अन्तरक्रियामा (भिडियो सहित)

काठमाण्डौ
रसायनशास्त्र विद्यार्थी संगठन नेपाल, सिसानले ‘साप्ताहिक अनलाईन अन्तरक्रिया कार्यक्रम’ को १८ औं शृङ्खला गत शनिबार सम्पन्न गरेको छ । शनिबार करिब २ घण्टा चलेको अन्तरक्रिया कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका स्नातक र स्नातकोत्तर रसायनशास्त्र अध्ययनरत विद्यार्थी र अन्य सरोकारवालाहरु गरि करिब १२० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान, नास्टकी वैज्ञानिक डा. टिस्टा प्रसाई जोशीले ‘Role Of Research In Solving The Water Problems’ विषयमा बोलिकी थिइन् । अन्तरक्रिया कार्यक्रममा विषयवस्तु सम्बन्धित उठेका प्रश्नहरुको जवाफ डा. प्रसाईले दिएकी थिइन् ।
कार्यक्रममा रिकास्टका कार्यकारी निर्देशक प्रा.डा. रामेश्वर अधिकारी, रसायनशास्त्र केन्द्रीय विभागका प्रा.डा. एम. एल शर्मा,त्रि-चन्द्र बहुमुखी क्याम्पसका सह-प्राध्यापक डा.सुरेन्द्र गौतम, त्रि-चन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक भोजराज पौडेल, उप प्राध्यापक अरुण चौधरी लगायत देशभरका विभिन्न क्याम्पस र कलेजहरुमा अध्यापनरत प्राध्यापकहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा पीएचडी अनुसन्धान विज्ञहरु र रसायनशास्त्र, फार्मेसी, माइक्रोबायोलोजी र वायोटेक्नोलोजीका विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो । राजेन्द्र जोशी, विकास निरौला, आकाश घिमीरे र सौरभ कटुवाल प्राविधिक रहेका थिए । संस्थाका सदस्य प्रवेश दाहालले वक्ताको छोटो परिचय प्रस्तुत गरेको कार्यक्रममा सदस्य सिजन गौतमले रिपोर्ट प्रस्तुत गरेका थिए । राजेन्द्र जोशी र विश्वास गुरागाईले सहजीकरण गरेको अन्तरक्रिया कार्यक्रम संस्थाका उपाध्यक्ष दिपा सापकोटाको अध्यक्षता र सदस्य प्रतिमा खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।
कोरोना भाइरसको कारण देश लकडाउन भएपछि संगठनले ‘अनलाईन अन्तरक्रिया’ कार्यक्रमको सुरुवात गरेको थियो । यसरी नै आगामी दिनहरूमा पनि निरन्तरता दिने योजना रहेको अध्यक्ष याम रोका मगरले जानकारी दिए । त्यस्तै, आगामी असोज १ गतेको राष्ट्रिय विज्ञान दिवसलाई पनि संस्थागत रूपमा यसरी नै भर्चुअल माध्यामबाट नै भए पनि भव्य तरिकाले मनाउने तयारी गरिरहेको बताएका छन् ।
भिडियो…..
क्याटेगोरी : प्रविधि, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्