पछिल्लो २४ घण्टामा उपत्यकामा ३९६ सहित कति जना थपिए कोरोना संक्रमित

काठमाण्डौ
पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरस कोभिड १९ बाट थप ९०२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उक्त संक्रमित थपिएको जानकारी दिए ।
जसमध्ये काठमाडौं उपत्यकाका ३९६ जना रहेका छन् । जसमध्ये काठमाडौंमा ३ सय, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो सँगै देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार २८७ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३२ हजार ९६४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ६११ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ७ लाख ८८हजार १७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार ५३ जना र होम आइसोलेसनमा ६ हजार ८१५ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ३१० जना क्वारेन्टिनमा रहेका छन् । देशभर २३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १४४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्