नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रलाई पत्रकारको खुला चुनौति

काठमाडौं – नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रलाई ध्वनिखबर डट कमका सम्पादक उदयसिंह श्रेष्ठले काठमाडौंस्थित बालुवाटारबाट लाइभ प्रशारण मार्फत खुला चुनौति दिएका छन् ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका ३ तहका कर्मचारी (काँग्रेसका नेता भन्न रुचाउने) नेत्र खड्काको विषयमा १ तहदेखि ३ तहसम्मको दौरानमा आर्जन गरिएको सम्पत्ति लगायतको समाचार लाइभ मार्फत केही वर्ष अघि पर्दाफास गरेपछि अहिले नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र पत्रकार श्रेष्ठको पछि (अहिलेसम्म गरेर ३ पटक) पर्दै जबरजस्ती ऐन नियम लाद्ने कार्य गरी नेपालगन्ज स्थित छापाखाना र सिचाईको विद्युतको लाइन काटेपछि पत्रकार श्रेष्ठले खुला चुनौति दिएको बताएका छन् ।
नेपालगन्ज नगरपालिका कार्यालयको ५ कठ्ठा १ धुर जग्गा भएको सिफारिस सहित नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा निवेदन दिई सिचाईको विद्युत लाइन जोडी खाली जग्गामा पत्रकार श्रेष्ठले किसानलाई ठेक्कामा दिई तरकारी उब्जनी गराउन लगाएका थिए र तरकारी उब्जनीको क्रममा किसानले ५–६ किलोवाटको मोटर जडान गरी सिचाई गर्ने गरेको तथा अहिले करिब १ वर्षदेखि ठेक्कामा नगएको तथा सामान्य घरखर्चको लागि कहिलेकसो तरकारी र आँप बगैचामा सिचाई गर्न उक्त मिटर प्रयोगमा ल्याउँदै आएकोमा पर्दाफास समाचारको निहुँमा आज बुधबार सिचाईको मिटरबाट घरबत्ती बागेको तथा एयरकन्डीसन प्रयोगमा ल्याएको विषयमा पत्रकारलाई गलत सूचना दिई नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले पत्रकार श्रेष्ठको मानहानी समेत गरेकोले खुला चुनौति दिनु परेको बताएका छन् ।
यसैगरी नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका पुर्व प्रमुख विनोद उपाध्यायको पालामा छापाखानाको मिटर ठाउँसारी गर्ने बेला टर्मिनलको न्यूट्रल प्वाइन्टमा समस्या आएको र पछि फेर्ने सर्तमा नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्दकै कर्मचारीले बाहिर बाक्समा शिल्ड गरेर गएकोमा अहिले आएर गैर कानुनी रुपमा प्रयोग गरिएको भनी जबरजस्ती जरिवाना लिने मनसाय देखाएको छ ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय, बाँकेमा फोन सम्पर्क गरी प्रशासन र विद्युत डिभिजनको टोली गएर पुनः स्थलगत सुक्ष्म छानबिन गर्न पत्रकार श्रेष्ठले अनुरोध समेत गरेका छन् । उनले भने ‘सिचाईको मिटरबाट एसी परै जावोस, एउटा बल्ब पनि बालिएको छ भने नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले भनेको भन्दा डबल जरिवाना तिर्नुको साथै ३८ वर्षीय पत्रकारिताबाट सन्यास लिन्छु । साथै नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले मानहानी गरेकोमा क्षतिपुर्तिसहित अदालतसम्म पुग्छु ।’
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्