Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण


काठमाडौं ।

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शान्ति सैनिकको टोलीलाई दुई दिनअघि सुडान पु¥याएर फर्किएका लामाले आइतबार स्वाब दिएका थिए । आइतबार नै रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिए । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् ।  क्याप्टेन लामाले आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक रुपमा नै बताएका छन् ।
अहिले उनीहरु सोल्टी होटलको आइसोलेशनमा रहेका छन् । उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ ।

यसअघि पनि नेपाल एयरलाइन्सका १० भन्दा धेरै उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्