Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

सबैभन्दा सानो एन्टिबडी पत्ता, कोरोना भाइरसको असर कम गर्ने दाबी


अहिलेसम्मकै सबैभन्दा छोटो एन्टिबडी पत्ता लगाएको दाबी अमेरिकामा वैज्ञानिकको एक समूहले गरेका छन् । जसले कोरोना भाइरसको असर कम गर्न सक्नेछ ।

वैज्ञानिकहरुले यो एन्टिबडी अरु एन्टिबडीको तुलनामा दश गुणा सानो आकारको रहेको र यो एन्टिबडी एबी ८ नामक औषधि बनाउनका लागि प्रयोग गरिने जनाइएका छन् ।

ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले आफ्नो परीक्षणमा एबी ८ को औषधि प्रयोग गरेको र यो औषधिले कोरोना भाइरसको रोकथाममा प्रभावकारी भूमिका खेलेको पाइएको खबरमा उल्लेख छ ।

यो औषधिले शरिरको प्रतिरोधात्मक क्षमताको समेत विकास गर्ने र औषधिको प्रयोगले कोरोना लागेकालाई निको बनाउन भन्दा पनि कोरोना सङ्क्रमण रोक्न प्रभावकारी भूमिका खेल्ने वैज्ञानिकको दाबी छ ।

कोरोना भाइरस विरुद्वको खोप निर्माणका लागि विभिन्न देश तथा कम्पनी लागिपरेका छन् ।


क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्