डा. गोविन्द केसीको जीवन रक्षाको लागि सरकारसँग चिकित्सक संघको माग

काठमाडौं ।
पाँच दिन अगाडि देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको जायज मागलाई सम्वोधन गरि उनको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ ।
प्रा.डा. केसी जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि १९ औं अनशनमा छन् ।
संघका महासचिव डा. बद्री रिजालले आज जारी गरेको विज्ञप्ति डा. केसीका माग वार्तामार्फत् सम्बोधन गर्न भनिएको छ । डा. केसी अनशन बसेको पाँच दिन भइसक्दा पनि सरकारले कुनै चासो नदिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको चिकित्सक संघले जनाएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति नेपाल सरकारले गम्भीर रुपमा मनन गरी अविलम्ब वार्ताद्वारा जायेज मागहरुको स्म्बोधन गर्दै केसीको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघले जोडदार माग गरेको छ ।
नेपाल चिकित्सक संघको आजीवन सदस्यसमेत रहेका अनशनरत डा. केसीको स्वास्थ्य जटिल हुँदै गएको उनी निकट चिकित्सकहरु बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्