Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना संक्रमणमुक्त


काठमाडौं ।

पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ३३३ नमुना परीक्षण गर्दा ४०८ महिला र ७९६ पुरुष गरि उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौं उपत्यकाका मात्रै ७११ जना रहेका छन् । जसमा काठमाडौंका ५७० जना, भक्तपुरका ८३ र ललितपुरका ५८ जना छन् ।

नयाँ संक्रमित थपिए सँगै हालसम्मको कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । जसमध्ये ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थपिने, संक्रमित मध्ये बाराका १११ जना, नवलपुरका ४५, मोरङका ३३, दाङका २८, सुनसरीका २३, दार्चुलाका २१, बाँकेका २०, सप्तरीका १९, मकवानपुरका १८, सर्लाहीका १५, काभ्रेका १४ तथा धादिङ र कास्कीका १३, १३ जना रहेका छन् ।

त्यस्तै, रामेछापका ९ जना, सिराहा र कैलालीका ८र८ जना, चितवन र सिन्धुपाल्चोकका ७र७ जना, झापा र पर्साका ६र६ जना, दोलखा, तनहुँ र लमजुङका ५र५ जना, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा र बर्दियाका ४र४ जना, ओखलढुंगा, स्याङ्जा, अर्घाखाँची, कपिलवस्तु, सुर्खेत, डडेलधुरा र बैतडीका ३र३ जना, धनुषा, रौतहट, पर्वत, पाल्पा, दैलेख र कञ्चनपुरका २र२ जना तथा खोटाङ, महोत्तरी, नवलपरासी, प्युठान र रुपन्देहीका १र१ जनामा संक्रमण देखिएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा नेपालमा ११ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ७ महिला र ४ जना पुरुष गरि ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यो सँगै मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्