Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

आजको मौसम: देशभर सामान्य बदली, केहि स्थानमा हल्का बर्षाको सम्भावना


काठमाडौं ।

बुधबार देशका विभिन्न ठाउँमा आंशिक बदली भई हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेकोले देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बुधबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का बर्षा हुनेछ, त्यस्तै बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरि बुधबार राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही हल्का बर्षको सम्भावना रहेको छ । भने बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेका विभागले उल्लेख गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्