Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ब्ल्याक होलको अनुसन्धानकर्ता ३ वैज्ञानिकहरुलाई


यस वर्ष भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ब्ल्याक होलको अनुसन्धान गरेका ३ जना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ।

सन् २०२० को उक्त प्रतिष्ठित पुरस्कार रोजर पेनरोज, राइनहार्ड गेन्जेल र आन्द्रिया गेजले हात पारेका हुन्। उक्त पुरस्कारको रकम १ करोड क्रोनर छ।

यूकेमा जन्मिएका पेनरोजले अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तकै आधारमा ब्ल्याक होल हुने पुष्टि गरेका थिए।

गेन्जेल र गेजले हाम्रो आकाशङ्गाको केन्द्रमा एउटा विशालकाय ब्ल्याक होल भएको प्रमाण खोजेका थिए।

सोमवार मात्र चिकित्सा विज्ञानतर्फ ३ विजेताको नाम घोषणा भएको थियो।


क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्