Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

चर्चित हाँस्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलामा कोरोना संक्रमण


काठमाडौं ।

चर्चित हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्ययलाई समेत कोरोना संक्रमण भएको छ ।

कलाकार आचार्यले मंगलबार सामाजिक सञ्जालबाट जानकारी दिदैं लक्षण देखिएकोले सोमबार आफ्नो र श्रीमती रमिलाको स्वाव परीक्षण गरेको र मंगलबार दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

आफुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र आफ्नो सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन समेत आग्रह गरेका छन् ।

आचार्यले सबैको माया, आशिर्बाद र शुभेच्छाको कारण आफुहरुले छिट्टै कोरोना संक्रमणलाई जित्ने विश्वस व्यक्त गरेका छन् । साथै आचार्यले कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अबलम्बन गर्न समेत आग्रह गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्