
काठमाण्डौ
युएईमा चलिरहेको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्स शीर्ष स्थानमा पुगेको छ ।
शेख जायद क्रिकेट स्टेडियममा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा पुगेको हो । मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटिएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएपछि राजस्थानले १ सय ९४ रनको लक्ष पाएको थियो । जितका लागि मुम्बईका सूर्यकुमार यादवले अविजित रहँदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान रोहित शर्माले ३५ तथा क्विन्टन डी ककले २३ रन जोडे । हार्दिक पाण्डेले अविजित ३० रन जोड्दा कुर्नाल पाण्डेयले १२ रन बनाए ।
जितसँगै मुम्बईले ५ खेलमा ८ अंक जोडेको छ । मुम्बईको यो चौंथो जित हो । राजस्थानले ५ खेलमा ४ अंक जोडेको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्