पछिल्लो २४ घण्टामा थपिए २,८२४ जना सङ्क्रमित, २३ जनाको मृत्यु

काठमाण्डौ
पछिल्लो २४ घण्टामा २८२४ जना कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
साथै सोहि अवधिमा कोभिड १९ का कारण २३ जनाले ज्यान गुमाएका छन्। यो सँगै मृत्यु हुनेको कूल सङ्ख्या ९६० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १३,०२३ जनाको पीसीआर परीक्षण गरिएको थियो।
जसमध्ये काठमाण्डू उपत्यकामा १,६२२ जना सङ्क्रमित थपिएका छन्। काठमाण्डूमा १,३६२ जना, भक्तपुरमा ९६ जना र ललितपुरमा १६४ जना सङ्क्रमित थपिएका हुन्।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३७,७६५ रहेको छ ।
यसबीच सरकारले सरकारी अस्पतालहरूलाई कोभिडका बिरामीको उपचारका बेला धरौटी नमाग्न आदेश दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्