Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

४५ लाख लागतमा, रामेछाप नगरपालिका ७ नं. वडा कार्यालयको भवन उद्घाटन


काठमाडौं ।
रामेछाप नगरपालिकाको वडा नम्बर ७, सुकाजोरस्थित वडा कार्यालय भवनको सोमबार उद्घाटन गरिएको छ । नगर प्रमुख नरबहादुर थापा मगरले सोमबार एक कार्यक्रमका बीच भवनको उद्घाटन गर्नु भएको हो ।

दुई आर्थिक वर्ष २०७५र०७६ र २०७६र०७७ मा गरी नगरपालिकाको रू.४५ लाख लागतमा एक तले पक्की भवन निर्माण सम्पन्न भएको वडा अध्यक्ष समीर कार्कीले जानकारी दिनुभयो ।

भवन उद्घाटन अघि विधिवत पूजा गरिनुका साथै राष्ट्रिय झण्डा लगाइएको थियो । भवन उद्घाटनपछि नगरप्रमुख थापा मगर, उपप्रमुख सिर्जना खड्का, प्रशासकीय प्रमुख रामचन्द्र लाम्घादे, वडा अध्यक्ष कार्कीलगायत भवन निर्माण समितिका सदस्य तथा वडाबासीले कार्यकक्षको अवलोकन गरेका थिए ।

आफ्नै कार्यालय भवन भएसँगै वडाबासीलाई प्रदान गर्ने सेवा सुविधा उपलब्ध गराउन सहज हुने वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

 

 


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्