Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

ओमानमा एक हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द


काठमाडौं ।

ओमानले एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोरोना भाइरसको पछिल्लो अवस्थालाई मध्येनजर गर्दै आजदेखि आउँदो मंगलबार अर्थात पुस १४ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । एक हप्तापछि भाइरस सङ्क्रमणको अवस्थालाई हेरेर निर्णय लिने त्यहाँको सर्वोच्च कमिटीले जनाएको छ ।

जसका कारण ओमान नेपाल र नेपालबाट ओमान जाने तयारीमा रहेका नेपालीहरुको यात्रा प्रभावित हुन सक्नेछ । पछिल्लो समय विभिन्न अन्य देशले पनि कोरोना सङ्क्रमण नियन्त्रणका लागि यस्तै नीति लिइरहेकाले त्यही अनुसार नै आफ्नो योजना तय गर्न ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

खाडीकै अर्को देश साउदीले पनि हिजोदेखि कोरोना महामारी रोकथामका लागि भन्दै एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान रोकेको छ ।


क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्