सहिद स्मारक सी डिभिजन लिग चैत १ गतेबाट

काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सी डिभिजन लिगका पदाधिकारीसंग छलफल गर्दै सहिद स्मारक सी डिभिजन लिग चैत १ गतेबाट गर्ने भएको छ ।
कोरोनाको कारणले स्थगित भएको सबै प्रतियोगिताहरु एन्फाले यस वर्ष सक्ने तयारी गरेसगैं सी डिभिजन लिग सुरु हुने भएको हो । गत वर्षको अन्तिममा सुरु गर्ने तयारी गरिएको सी डिभिजन लिग कोरोनाका कारण स्थगित बनेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र सी डिभिजन लिगका पदाधिकारीसंग एन्फा सी डिभिजन लिगका लागि क्लबको तयारी खर्च बढाउन समेत सहमती भएको छ । एन्फाले सी डिभिजन लिगको तयारी खर्च २ लाख बढाउन सहमत भएको हो । सी डिभिजनका क्लबहरु तयारी खर्च वापत ९ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
छलफलमा एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा, महासचिव ईन्द्रमान तुलाधर, लिग कमिटिका संयोजक बिज्ञानराज शर्मा र एन्फाका अधिकारीहरु उपस्थित थिए ।
एन्फाले यसअघि रोकिएको बी डिभिजन लिग आगामी फागुन ११ र माघ ७ गते बाट महिला लिग पनि सुरु गर्ने जानकारी गराएको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्