Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

राज्यमन्त्री रामवीर मानन्धर, एकल गायनमा विश्व रेकर्ड कायम गर्दै


काठमाण्डौ

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्ने भएका छन् । शुक्रबार दिउँसो १ बजे बालाजुस्थित अष्टनारायण चलचित्रहलमा हुने विशेष कार्यक्रममा एकल गायन गरी राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्न लागेका हुन् ।

राज्यमन्त्री मानन्धरले वल्र्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गर्न लाग्नु भएको हो । दिउँसो एक बजेदेखि शुरु हुने कन्सर्ट नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने राज्यमन्त्री मानन्धरले बताउनु भयो । यो विधामा मानन्धरले विश्वमै पहिलोपटक गीत गाउन लाग्नु भएको हो उहाँले करिब ४ घण्टासम्म गीत गाउनु हुनेछ ।

राज्यमन्त्री मानन्धरले लाइभ कन्सर्टमा पुराना कलाकारहरुका नेवारी गीत गाउनु हुनेछ । विश्व रेकर्ड कायम गराउनका लागि वल्र्ड बुक अफ रेकर्ड युकेको टोली नेपाल आइसकेको छ । यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहलो भएकोले वल्र्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिनेछ ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्