संवैधानिक इजलासले माग्यो प्रतिनिधिसभा विघटन गर्ने निर्णयको सक्कल प्रति

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबाट प्रतिनिधिसभा विघटन सम्बन्धी सिफारिस र निर्णयको सक्कल प्रति झिकाउन आदेश दिएको छ ।
संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासले संसद सचिवालयबाट प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको समय र मितिबारे जानकारी समेत माग गरेको छ । इजलासले सरकारलाई पुस १९ गते भित्र प्रतिनिधिसभा विघटन गर्नुको कारण पेश गर्न भनेको हो ।
यस्तै, इजलासले नेपाल बार एसोसिएसनबाट ३ जना र सर्वोच्च बारबाट २ जनाको अमिकस क्यूरी समेत माग गरेको छ ।
संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन हुनुअघि प्रतिनिधिसभा सदस्यहरुको दलको प्रतिनिधित्व खुल्ने गरी नाम र संख्या सहितको सम्पूर्ण विवरण समेत माग गरेको छ ।
सर्वोच्चले रिट निवेदकहरुको माग बमोजिम अन्तरिम आदेश भने दिए। सर्वोच्चले यो मुद्दाको पेशी पुस २२ गते देखि निरन्तर सुनुवाई गर्न समेत निर्देशन दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्