Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

धवलागिरी बेसक्याम्प नजिकै हेलिकप्टर र मानवअवशेष भेटियो


काठमाडौं । नेपाली सेनाले हिमालय सफाईको क्रममा धवलागिरी बेसक्याम्प नजिकै मानव अवशेष र हेलिकप्टर अवशेष भेटिएको बताएको छ ।

सेनाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सफा हिमाल अभियान २०२१ को दौरानमा मानव अवशेष तथा हेलिकप्टरको अवशेष फेला परेको बताएको हो ।

हिँजो धबलागिरी बेसक्याम्पदेखि २०० मिटर दक्षिणतर्फ माउण्टेन ईक्युपमेन्ट सहितका दुई वटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किमि ईटाली वेस क्याम्पतर्फ ९ एन ए सी आर लेखेको हेलिकप्टरको अवशेष समेत फेला परेको सेनाले बताएको छ ।

मृतकहरुको पहिचान नखुलेकाले यस सम्बन्धमा थप छानविन भइरहेको सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : समाचार, सुरक्षा

तपाईको कमेन्ट लेख्नुहोस्