पानीको विषयमा किर्गिस्तान–ताजिकिस्तान सीमा क्षेत्रमा झडप, ३१ को मृत्यु, १५० जना घाइते

काठमाडौं । पानीको विषयमा सुरु भएको विवादले हिंसाको रुप लिई किर्गिस्तान–ताजिकिस्तानको विवादित सीमा क्षेत्रमा भएको झडपमा ३१ जनाको मृत्यु भएको छ भने १५० जना घाइते भएका छन् ।
सो क्षेत्रबाट दस हजार जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको बीबीसीले जनाएको छ ।
सुरुमा सीमा क्षेत्रमा रहेको पानीको एक स्रोत नजिक सेक्युरिटी क्यामरा जडान गरिएको थियो । त्यसपछि दुवै पक्ष पछि हटेका थिए । यद्यपि सो क्षेत्रमा पटक-पटक गोली चलेको आवाज सुनिन्थ्यो ।
किर्गिस्तानका स्वास्थ्यमन्त्री अजिला सोल्नबिकोवाले टेलिभिजन सम्बोधनको क्रममा गत विहीबार भएको झडपमा परी ३१ जनाको मृत्यु भएको र १५० जना घाइते भएको जानकारी दिनु भएको हो । ताजिकिस्तानतर्फ भने कति जनाको मृत्यु भयो भन्ने विवरण आएको छैन ।
सामाजिक सन्जालहरुमा सेयर गरिएको भिडियोमा किर्गिस्तानको बाटकनस्थित विवादित सीमा क्षेत्रका धेरै घरहरु आगोमा जलिरहेको देखिन्छ । सो क्षेत्रमा एक सीमा चौकी, २० भन्दा धेरै घर, एक स्कुल, आठवटा पसल र क्यासिनो जलेको बीबीसीले जनाएको छ ।
क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्