देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसम पूर्वानुमान गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश, र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्