फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो ।
अब पेट्रोलको मूल्य १ सय २७ रुपैयाँ र डिजेलको मूल्य १ सय १० रुपैयाँ पुगेको छ ।
हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७ सय ३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्