क्यानडाको एउटा गाउँमा जताततै डढेलो, क्यानडाको तापक्रम अहिलेसम्मकै उच्च

काठमाडौं । एउटा जङ्गली डढेलोले क्यानडाको अहिलेसम्मकै उच्च तापक्रम पुगेको गाउँको ९० प्रतिशत भागमा असर पुर्याएको स्थानीय सांसद् ब्राड भिसले बताउनु भएको छ ।
ब्रिटिश कोलम्बियास्थित लीटन गाउँ र वरपर रहेका पूर्वाधारमा धेरै क्षति पुर्याएको उहाँले बताउनु भयो। लीटनका मेयर ज्यान पोल्डरम्यानले पनि बीबीसीसँग “जीवन जोगाउन सकेकोमा आफू भाग्यमानी भएको” बताउनु भएको छ।
“लीटनको धेरै क्षेत्र बाँकी रहने छैन,” उहाँले भन्नुभयो। “जताततै डढेलो लागेको छ।”
बीबीसीको न्यूजआवर कार्यक्रममा बोल्दै पोल्डरम्यानले आफ्नो नगरलाई डढेलोले नराम्ररी प्रभावित गरेको बताउनु भएको छ । यसअघि उहाँले डढेलो जम्मा १५ मिनेटमा पुरै गाउँमा फैलिएको र आफूहरूले मानिसहरूलाई अन्यत्र सार्न निर्देशन दिएको बताउनु भएको थियो ।
यो साता उक्त गाउँमा क्यानडामा अहिलेसम्मकै उच्च ४९.६ डिग्री सेल्सियस तापक्रम पुगेको बताउनु भयो।
पश्चिम क्यानडाको ब्रिटिश कोलम्बियामा पाँच दिनभित्र ४८६ जनाको मृत्यु भएको छ जुन अहिलेसम्मकै धेरै हो। सामान्य अवस्थामा औसत मृत्यु १६५ हुने गर्थ्यो।
प्रमुख कोरोनेर लिजा लपोइन्टीले डढेलो लाग्नुको कारण मौसम भएको बताउनु भयो। विगत ३ देखि ५ वर्षभित्र पश्चिम प्रान्तमा गर्मीका कारण केवल तीनजनाको मात्रै मृत्यु भएको थियो।
त्यसरी ज्यान गुमाउने धेरैजसो हावा प्रवाहको राम्रो व्यवस्था नभएका घरमा एक्लै बस्नेहरू रहेको लपोइन्टीले बताउनु भयो।
बिबिसी
क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्