उपत्यका प्रशासनद्वारा परीक्षा सञ्चालन गर्न दिने निर्णय, परीक्षा हलमा २५ जनाभन्दा बढी राख्न नपाइने

काठमाडौं । उपत्यका प्रशासनले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
तर एउटा परीक्षा हलमा २५ जनाभन्दा बढी राख्न नपाइने भनिएको छ । धेरै राख्नुपर्ने भए दुई सिफ्टमा सञ्चालन गर्न भनिएको छ ।
परीक्षा सञ्चालन गर्ने क्रममा जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भनिएको छ । मास्क, स्यानिटाइजरको अनिवार्य प्रयोगसँगै प्रत्येक सिफ्टको परीक्षा सकिएसँगै निसंक्रमण गर्नुपर्ने भनिएको छ ।
कोभिड-१९ भाइरसका कारण कक्षा १२ र त्रिभुवन विश्वविद्यालयका विभिन्न तहका परीक्षाहरु रोकिएका थिए ।
प्रशासनले उपत्यकाको यातायातमा लगाएको जोर-विजोर प्रणाली पनि हटाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्