Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, जोखिम क्षेत्रमा सर्तकता अपनाउन आग्रह


काठमाडौं । आज पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । अहिले पनि प्रदेश एक, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

राति पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । पर्सि शनिवारदेखि देशैभरि मनसुन थप सक्रिय हुने भएकाले लगातार पानी पर्ने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्