एसइईको नतिजा साउन मसान्तभित्रै प्रकाशित हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को आन्तरिक मूल्यांकनको नतिजा साउन मसान्तभित्रमा प्रकाशित गर्ने तयारी थालेको छ । साउन मसान्तभित्रमा २०७७ को एसइई नतिजा प्रकाशित गर्ने गरी अहिले तीव्ररूपमा तयारी थालेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले जानकारी दिनुभएको छ ।
परीक्षा नियन्त्रक अधिकारीका अनुसार अहिले आन्तरिक मूल्यांकनको नम्बर इन्ट्री गर्ने काम भइरहेको छ । परीक्षा बोर्डका अनुसार ०७७ को एसइईमा ५ लाख १७ हजार परीक्षार्थीको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ । गत जेठ १३ देखि भौतिक रूपमा एसइई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो । तर, दोस्रो लहरको कोभिड-१९ संक्रमण बढ्दै गएपछि गत वैशाख २७ गते एसईई परीक्षा स्थगित भयो ।
कोरोना जोखिम कम नभएपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । कोभिडकै कारणले २०७६ को एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएको थियो ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्