Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

 नेपालद्वारा पपुवा न्युगिनी २ विकेटले पराजित


काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवा न्युगिनी (पीएनजी)लाई पराजित गरेको छ ।

मंगलबार ओमानको अल अमिरात क्रिकेट मैदानमा  नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो ।

पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । हारतर्फ अग्रसर नेपाललाई रोहित कुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाउनु भएको हो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो ।

पीएनजीका लिगा सिआकाले सर्वाधिक ३० रन बनाउँनु भयो भने चार्लेस अमिनीले २३ रन जोड्दा गौडी टोकाले २२ रन बनाउनुभयो । किप्लिन डोरिगा १५ रनमा आउट हुँदा सेसे बाउ १४ रनमा आउट हुनुभयो । कप्तान असाद भाला ४ रनमा आउट हुँदा टोनी उरा र नोसिना पोकाना १/१ रन तथा जासन किला र डामिन राभु सुन्य रनमा पेभेलियन फर्किनुभयो । चाड सोपेर १७ रनमा अविजित रहनुभयो ।

नेपालका सन्दीप लामिछानेले ४ विकेट लिदैं १० ओभरमा ३५ रन खर्चिनुभयो । डेब्यु खेलाडी बिक्रम सोबले २ विकेट लिनुभयो । बिक्रमले ५ ओभरमा एक मेडनसहित २० रन खर्चिएर २ विकेट लिनुभयो । बिक्रम डेब्यु खेलको पहिलो बलमै विकेट लिने पहिलो नेपाली खेलाडी बन्नुभएको छ। यस्तै कुशल मल्लले २ तथा सोमपाल कामीले एक विकेट लिनुभयो ।

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग दुई खेलको सिरिज खेलिरहेको हो । नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।


क्याटेगोरी : खेलकुद, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्