फोनिज काठमाडौं शाखाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा शैलेस डंगोल

काठमाडौं । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ(फोनिज) जिल्ला शाखा काठमाडौंको अध्यक्षमा शैलेस डंगोल चयन भएका छन् ।
राज्यलक्ष्मी शाक्यको अध्यक्षतामा सोमबार सम्पन्न फोनिजको छैठौं जिल्ला अधिवेशनले डंगोलको अध्यक्षतामा १३ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा सोनाम यान्छी शेर्पा, सचिवमा निशा तामाङ, सह-सचिव राम मगर, कोषाध्यक्षमा रजनी श्रेष्ठ चयन गरेको छ । यस्तै सदस्यहरुमा सरु श्रेष्ठ, भीम लामा, सुजन पाख्रिन, गीतु छन्त्याल, तेज किराँती, आङ्गेलु शेर्पा, मिङ्मा लामा र नितु डंगोल सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनले बागमती प्रदेश महाधिवेशनका लागि १७ जना प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । राजेन्द्र मानन्धर, उदेन न्हुसामी मानन्धर, प्रविन महर्जन, श्याम राई, हरिश लामा, दिक बहादुर श्रेष्ठ, नेम्गेल मोक्तान, पासाङ शेर्पा, सरु श्रेष्ठ, अरविन्द्र मान सिंह, रसिया श्रेष्ठ, दिव्य रत्न महर्जन, सृजना मगर, मीनु तामाङ, लक्ष्मी श्रेष्ठ, रेजिना श्रेष्ठ र मिङ्मा यस श्रेष्ठ चयन भएका हुन् ।
त्यस्तै आगामी माघ ७ र ८ गते हुने फोनिजको सातौं संघीय महाधिवेशका लागि ११ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । जसमा राज्यलक्ष्मी शाक्य, यशोदा भुजेल, सुन्दर भक्त श्रेष्ठ, अमिर लामा, मञ्जीत महर्जन, श्याम नापित, सम्पदा लिम्बु, नुनुता राई, निशा तामाङ, रत्न काजी महर्जन, राम मगर रहेका छन् ।
फोनिजको विधानमा ३० जना सदस्य भएको शाखाबाट संघीय महाधिवेशनका लागि एक महिला सहित दुई प्रतिनिधि चयन गर्ने व्यवस्था छ । ३० भन्दा बढि संख्या रहेको शाखाबाट हरेक १० जना सदस्य बराबर एक जना प्रतिनिधि चयन गर्ने व्यवस्था छ । यस्तै प्रदेश महाधिवेशनको लागि सात सदस्य बराबर एक प्रतिनिधि चयन गर्ने व्यवस्था छ ।
कार्यक्रमको प्रमुख अतिथी काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले आदिवासी जनजातिहरुको साझा मुद्धा र संरक्षण आदिवासी जनजाति पत्रकारहरुले गर्नुपर्ने बताईन् ।
यस्तै फोनिज संघीय कोषाध्यक्ष अमरध्वज लामाले आदीवासी जनजाति पत्रकारहरु आफ्नो व्यक्तित्व विकासमा लाग्नुपर्ने र व्यवसायिक पत्रकारितासँगै आदिवासीका सवालहरुमा केन्द्रित हुनुपर्ने बताए ।
अध्यक्ष मण्डलका संयोजक समेत रहेका फोनिज बागतीका ईन्चार्ज समीर बलामीले पछिल्लो समय फोनिज शाखाहरु निश्क्रिय हुँदै गएको भन्दै आगामी दिनहरुमा सक्रिय हुन निर्देशन दिए । उनले फोनिजले फोनिजकर्मीलाई क्षमता विकाससँगै व्यवसायिक पत्रकारितामा जोड दिनुपर्ने बताए ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्