शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना

काठमाडौं । शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना हनु भएको छ ।
सोमबार रातिदेखि स्वासप्रस्वासमा समस्या देखिएपछि जोशीलाई मंगलबार दिउँसो करिब १ बजेतिर किस्ट अस्पतालमा भर्ना गरिएको अस्पतालका निर्देशक प्रा।डा। सुरज बज्रचार्यले जानकारी दिनुभयो ।
प्रा.डा. बज्राचार्यका अनुसार १०२ वर्षीय जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको छ । निमोनिया नियन्त्रणका लागि जोशीलाई एन्टिवायोटिक चलाइएको उहाँले बताउनुभयो ।
कोरोना भएरनभएको जाँचका लागि स्वाव संकलन गरी पीसीआर परीक्षण गर्न पठाइएको अस्पतालले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका निर्देशक प्रा.डा. बज्राचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्